Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गमलामा धान रोप्नुअघि कृषिमन्त्रीले भने – धान दिवसका दिन पनि पानसमा बत्ती बालेर हुन्छ ?

Haribol Gajurel

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको चार महिनापछि कृषिमन्त्री हरिबोल गजुरेलले बुधबार १३औा राष्ट्रिय धान दिवस गमलामा रोपाइँ गरेर मनाए ।

खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को सभाहलमा आफ्नै मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा मन्त्री गजुरेल प्रमुख अथिति थिए । पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने पूर्वतयारी थियो । तर, गजुरेलले मानेनन् ।

‘राष्ट्रिय धान दिवसका दिन पनि पानसमा बत्ती बालेर उद्घाटन हुन्छ रु, धान रोपेर गर्नुपर्छ’, मन्त्रीले नै यसो भनेपछि मातहतका कर्मचारीले हतार हतारमा गमला र धानको बिउ खोजेर ल्याए ।

सेतो फुलबुट्टे गलैचामाथि गमला राखियो । कर्मचारीले करुवाबाट पानी खन्याएर मन्त्रीलाई गमला हिल्याउन सघाए, अर्का कर्मचारीले धानको बिउ दिएपछि मन्त्रीले छुपुछुपु रोपे । सहकर्मी मन्त्रीले रोपाई गरेपछि मन्चकै रहेकी पशुपन्छीमन्त्रीले शान्ता मानवीले ताली पड्काइन । प्रधानमन्त्री ओलीले गत २८ फागुनमा दुई बर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरेका थिए ।

नेपाल–जापान सोसाइटीले गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कृषिप्रधान देश भएर पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन, नेपाललाई दुई वर्षभित्रमा खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा हामी लागेका छौा ।’ तर, धानखेती गर्ने क्षेत्रफल र उत्पादन भने घट्दै गएको छ,  नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्