Logo
६ बैशाख २०८१, बिहीबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार र मधेशी अधिकारकर्मीबीच वाकयूद्धः ‘डलरयाचना-क्षमायाचना’

sorry-mafi-800x500_c-1तराई–मधेसको भुगोलमा अहिले दलित तथा पिछडवा वर्गका घर घरमा पुगेर पानी पिउदै भात खाँदै ‘क्षमायाचना अभियान’ चलाइरहेका छन् । मुख्यत: अधिवक्ता दिपेन्द्र झा, पत्रकार प्रशान्त झा, राजनीतिक विश्लेषक तुला साह, पुर्वराजदूत विजयकान्त कर्ण लगायत केही सिमित ब्यक्तिहरु यसरी घरघरमा पुगेर, फेसबुक / ट्विटरमा लेखेर, फोटो देखाएर, पत्रपत्रिका र अनलाइनहरुमा समाचार लेखेर/लेखाएर सो अभियानको चर्चा गराइएको छ।

दिपेन्द्र झाले त दलितहरुको बस्तीमा गएर खाना खाएको तस्विर राखेपछि भाइरल नै भयो, तुला साहले त कान्तिपुरमा लेख नै छापेर त्यसलाई मार्केटिङ नै गरे, सिके लालले मैथली र अंग्रेजी दुवैमा लेखरे सामाजिक सञ्जालमा पोष्ट गरे। उच्च जातीहरुको पार्टी भनिएको तमलोपाले त उक्त अभियानलाई समर्थन जनाउँदै संकल्प प्रस्ताव नै पारित गर्‍यो । त्यसकारण पनि दलित समुदायसम्म पुगेर चलाएको उक्त क्षमायाचना अभियानको अहिले सर्वत्र चर्चा र परिचर्चा भइरहेको छ ।

Dipendra jhaतर, उक्त समुहमा तिनै व्यक्तिहरु संलग्न छन्, जो युरोपियन युनियन र अमेरिकी आइ एन जि ओ को फण्डबाट आफ्ना एनजिओहरु चलाउछन्। तिनैले चलाएको उक्त अभियानलाई भने मधेसका बुद्धिजीवि र पत्रकारहरुले भने ब्यापक आलोचना गर्न सुरु गरेका छन् । उनिहरुको तर्क छ, साम्प्रादायिक दंगा भडकाउन डलरबादीहरुले चलाएको यो अभियान प्रायोजित हो, यसले तराई मधेसको सद्भाव बिथोल्दै छ। र त, सामाजिक सञ्जाल र फोरमहरुमार्फत उक्त समुहले चलाएको अभियानको बिरोध मात्रै भएको छैन, राजनीतिक र धार्मिक हिसावले उक्त अभियान अभिप्रेरित भएको भन्दै त्यसको बिरोधमा उभिनु पर्ने उनिहरुको आह्वान समेत छ ।

मधेसी समुदाय र त्यहाका जनताले सो अभियानलाई नौटंकी, प्रायोजित, सामाजिक सद्भाव बिथोल्न अभिप्रेरित डलरवादीहरुको अभियानको संज्ञा दिदै सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखेको देखिन्छ, उनिहरुको मत छ यो कार्य सहि र इमान्दार तरिकाले चलिरहेको छैन। यस अभियानको विपक्षमा मत राख्नेहरु असंख्य देखिएका छन्, जसमध्ये केही प्रतिनिधि भनाईहरु यहाँ राखेको छ, जुन भनाई सामाजिक सञ्जालमा लेखिएका थिए ।

आउनुहोस, उनीहरुको कुरा पढौं:

डा. राजेश अहिराज, सम्पादक मधेसवाणी
R Ahiraj#क्षमा अभियान लाई तमलोपा ले समर्थन गर्‍यो वा फलानो ले समर्थन गर्‍यो भनेर नेपाली मिडिया लाई गलत समाचा र दिने कार्य बन्द गरौ । अभियानता हरु लाई आफ्नो अस्मिता जोगाउँन गर्हो भई रहेको ले समुह बनाएर कहिले मधेशी दल , कहिले अन्य बुधिजिबी , कहिले नेपाली मिडिया त कहिले आफ्नै सोच लाई दुरुप्योग गर्न थालेका छन । यो बौधिक दिवालियापन को सन्केत हो ।

#मधेशको नाम मा कारोबार गर्दै देशी-बिदेशी निकाय बाट राम्रो नाम र दाम कमाउदै आएका केहि पात्रहरुले मधेशमा जातिए हिन्सा भड्काउन समुह्गत प्रायस थालेका छन । यदी मधेशमा भबिस्यमा जातीय हिन्सा , द्वन्द वा बर्ग हत्या सुरु भयो भने यिनै अभियानताहरुले त्यो हत्या हिन्सा को जिम्मेबारी लिनुपर्ला । जातियताको आगो लगाउँन सजिलो बुझाउन गर्हो ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले सांकेतिक रुपमा फेसबुकमा एउटा तस्विर राखेका छन । जुन यस्तो थियो ।

13413597_499590030234215_3299361539680579696_n

दिनेश यादव, सह सम्पादक, कान्तिपुर दैनिक

Dinesh Yadav#सुनिता मरिक डोम: हामी अधिकार सम्पन्न कहिले हुने?धेरैले हामीलाई प्रचार सामग्री बनाए, उक्ले,हामी भने उठ्नै सकेनौ ?

#केही वर्षअघि ‘एक्सन एड’ले केही डलर सहयोग गरेपछि एक ‘मैथिली अभियानी’ रातारात ‘महाशिल्पी समूदाय’ को भक्त नै बने। गीतै रचे,स्वप्रचारै गरे ।

#‘अभिमानी’ तर आफूलाई ‘अभियानी’ ठान्ने एक एनजीओधर्मीले आफ्नो लेखमा समकक्षी एनजीओधर्मीहरुको मुक्त कन्ठले प्रंशासा गरेका छन् । #INGO #Madhes

अनिलकुमार कर्ण, सम्पादक, सञ्चारक डट कम
Alik Karnदिपेन्द्र झाजी बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । तर उत्पीडित मधेशी समुदायको पक्षमा उहाँको तार्किक स्वर र अतुल्य तत्परताले मलाई सधैँ आकर्षित गर्दै आएको छ । राजविराज नजिकको एउटा बस्तीमा उहाँले मुसहर परिवारमा भोजन गरिरहनुभएको तस्बीर पोष्ट गर्नुभएको छ , क्षमायाचना अभियानको क्रममा ।

झाजीसँग मेरो आग्रह :
१) मुसहर समुदायले सधैँ तपाइजस्तालाई खुवाउन सक्ने अन्नद्रव्यको जोहो गर्न सकोस् । यसका लागि त्यस समुदायलाई आर्थिकरुपमा आत्मनिर्भर र सम्पन्न बनाउने योजनामा काम गर्दा कस्तो होला ?

२) एक दिन मात्र किन खाने । त्यस बस्तीमा सधैँ खान मुसहरहरुको स्वामित्व, रेखदेख र सञ्चालनमा सामुदायिक भवन बनाउने र दातापोषित गैरसरकारी संस्थाहरुको कार्यक्रम ठूल्ठूला होटेलमा गर्नुभन्दा त्यहाँ किन नगर्ने ?

३) मुसहरबस्तीमा होमस्टेको अवधारणा कार्यान्वयन गरेर तपाईं र मजस्ताहरु राजविराज जाँदा यस्तै बस्तीमा किन नबस्ने ?

#आज मलाई क्षमाअभियानसँग जोडिन मन लाग्यो । म विनम्रतापूर्वक माफी माग्दछु , सम्पूर्ण तेलीसुडी समुदायसँग । जसलाई मेरा पूर्खाहरुले बिहान अनुहार हेर्न नहुने र छोएको पानीबाट तर्कने व्यवहार गर्नुभएको थियो । व्यक्तिगतरुपमा मेरा हजुरबा, काका, दाजुभाइहरु पर्नेहरु सधैँ यिनै जातका थिए । माफी पाउँ तुला सर, बाऊले गरेको गल्तीको ।

सुरेश यादव, उपसम्पादक, गोरखापत्र

Suresh Uyadav#म गल्ती गरेको छैन, त्यसैले म माफी माग्दिन । गल्ती गर्नेले माफी माग्नु पर्छ । म कुनै दलितमाथी विभेद गरेको छैन । भोला पासवानदेखि मोहम्मद समिमसम्म मेरा साथी हुन् । एउटै ओछ्यानमा, एउटै थालमा बसेर खाएको छु ।

गाउँको दुखि दास (तत्मा) को छोरीको विहेमा भोज खाएको छु । मैले याद पनि गरिन कि उहाँहरू बाट छुवाछुत हुन्छ । आज केही तथाकथित अभियन्ताहरू यिनिहरू दलित हुन् । यिनीहरूबाट छुवाछुत हुन्छ भनि समाजमा परिचय गराई रहेका छन् ।

उनीहरूलाई झन पीडा दिने र अपमानित गरिरहेका छन् । I am sorry भनेर छुवाछुत हट्दैन । मन पवित्र हुनुपर्छ । मन मस्तिष्कबाट हटाइ दिनु पर्छ कि कोही दलित छन् जसबाट छुवाछुत हुन्छ । NGO मा डलर झार्न यदि यस्तो गरेको छ भने मलाई केही भन्नु छैन ।

बिरेन्द्र के एम, एबिपि न्यूज, कमाण्डर पोष्ट

Birendra Km#बजारमा यस्तो पनि हल्ला छ, ‘यी मधिसेहरु आफै–आफैमा लडेर मर्ने भए, कहिले बोक्सी, कहिले छुवाछुत, कहिले, दाइजो अनि हिजो-आज क्षमायाचनाको नाममा’

#”नमस्कार ठोक्दै, फेसबुकमा राख्दै” अनि क्षामायाचना अभियान रे, यसकार्यबाट केही “डोनरहरु” बेकुप्फ बनलान तर मधेशीहरु बन्दैनन !! किन कि यो मधेशको ठेकेदार नै तपाईंहरु होइन, कि जे भन्यो, जे गरियो, सबैले त्यसमा हो-हो गर्नुपर्ने !!
गएर आ-आफ्नो गाउँमा चुनाव लड्नुस ५०० भन्दा बढी भोट आउदैनन, अनि तिनिहरु पुरै मधेशको ठेकेदार ? त्यसैले अझै भन्छु साझा कार्य गरौं, सामुहिक कार्य गरौं, अनि क्षतिपूर्ति सहित क्षामायाचना गरौं !!

#यदि साच्चै नै स्वक्ष मनले थालिएको ‘क्ष्यमायाचना’ अभियान हो भने आऊ, बहस गरौ, साबैजना मिलेर त्यो अभियानमा लागौं, तर मात्र ‘डलरवादी’ कार्य हो भने त्यस्तो अभियान मधेशमा स्वीकार्य हुदैन किनकी मधेश मेरो पनि हो हजुरहरु मात्र त्यस्को स्टेक होल्डर होइन !!
#गाउँमा एक जाना काकासग “क्षमायाचना गर्न कोहि आएका छ्न?” भनी प्रश्न सोद्धा त काकाले “यो फेसबुक/ट्विटरबाला कुन जातका हुन ? भन्ने पो प्रश्न गरे !!

#क्ष्यमायाचना होइन बरु क्षतिपुर्ती तिरौं !
उनकै चिया खाएर फोटो खिचाउनु भन्दा, आफनै पैसाको चिया र उनको बच्चालाई २ टा किताब समेत दिएर क्षतिपुर्ती तिर्दा कसो होला !!

#तुलानारायण साह आफैमा पिछडिएका जातका मान्छे हुनुहुन्छ, यसमा कुनै दुई मत छैन तर उहाँको अफिसमा कति जना तल्लोजात (भनिएका) का कर्मचारी छन ? दिपेन्द्र झाको कार्यलयमा कति जना ? प्रसान्त झाले कति जनालाई माथी ल्याउने प्रयास गर्नूभयो ? यी प्रश्नहरु पनि त्यती नै बलियो बनेको छ यद्यपी उहाँहरुको सकारात्मक कार्यलाई सकारात्मक रुपमा नै लिनु पर्दछ !!

पंकज दास, अध्यक्ष, मधेसी पत्रकार संघ, प्रतिनिधि आजतक

Pankaj das#अपने गौरवमयी अतीत और इतिहास बताने के बदले इतिहास के कलंकित पन्नों को क्यूं पढाना ? नकारात्मकता को बढावा देकर समाज को नकारात्मक सोच की ओर क्यों धकेलना ? सकारात्मक सोचें, सकारात्मक प्रचार हो, सकारात्मक ऊर्जा का संचार करें। आपलोगों की क्षमता, विद्वता, कौशलता पर कोई संदेह नहीं पर इस पहलू से भी विचार करना आवश्यक है।

खुद ही हाथ जोडकर खुद ही अपनी तस्वीर लेकर खुद के ही फेसबुक पर पोष्ट करने से खुद को खुदा बनाने का संदेश प्रवाहित हुआ। और आलोचना का शिकार होना पडा।

#क्षमा याचना हमारी सोच में होनी चाहिए, हमारे आचरण में दिखना चाहिए, हमारे विचार में प्रष्फुटित होना चाहिए, हमारे कर्म से समाज को प्रभावित करना चाहिए और जिनके सम्मान के लिए, जिनका जीवन स्तर उठाने के लिए, जिनको समानता और सदभाव दिलाने के लिए यह अभियान चलाया गया उनके तरफ से प्रशंसा होता, उनकी सोच हमारे आचरण, व्यवहार, कर्म से प्रभावित होती तो शायद यह अधिक प्रभावी और सफल माना जाता।

अनन्त अनुराग, सम्पादक टुडे खबर डटकम

13507280_10206717436990252_4447995815978308545_n

#हामी त्यस्तो युवा पुस्ता हौं, जसले कसैले भन्दैमा होस्टेमा हैसे गर्दैनौं । केही सिमितिले मधेशीको नाममा पसल खोलेर बेचेको समान अब धेरै बिक्ने सम्भावना छैन् । बरु समयमा ती होलसेल पसल बन्द गरे बेस होला । हामी गलतलाई गलत नै भन्छौं, सही लाई सही नैं भन्छौं कसैलाई ठिक लागे पनि नलागे पनि केही फरक पर्दैन ।

अब हामी चाडैं मधेशका नाममा कहाँ कहाँ बाट कसले कति कति फाइदा लिएका छन् । विवरण सहित सार्वजनिक गर्ने अभियानमा जुट्ने योजनामा छौं । यसलाई कसैले व्यक्तीगत भन्दा पनि सामाजिक रुपमा बुझे बेस होला । अब मधेश देखाएर लुट्ने दिए गए ।

#मधेशका आफुलाई जानकार ठान्नेहरुको बारेमा केही भन्नु छैन्, अझै ज्ञानको भण्डार बनोस, तर केवल यति भन्नु छ, हिम्मत भए मधेशका नाममा अहिले सम्म कुन संस्थाबाट कति अनुदान लिएको हो र त्यो अनुदान कुन कुन ठाँउमा कुन कुन वर्गका लागि खर्च गरिएको हो, सार्वजनिक होस ।

#जो जस सँग सम्बन्धित छ, केही सिमित फाइदाका लागि मधेशमा क्षमा याचनाको नाममा जातिय दंगा नभड्काउ…. भोली सम्हाल्न गाह्रो पर्ला परला । # प्रकाश उज्यालोबाट साभार

 

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्