Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद खुलाउन दलहरुले विश्व बैंक गुहार्ने यस्तो तयारी

BICC

काठमाडौं । पाँचदिनदेखि अवरुद्ध व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्न विश्व बैंकसँग परामर्श गर्नुपर्ने निकर्षमा सत्तापक्ष र प्रतिपक्षका नेताहरु पुगेका छन् ।

संसदको मंगलबारको बैठकलाई सूचना टाँसेर स्थगित गरेपछि दुवै पक्षका नेताहरु सम्मिलित कार्यदल र शीर्षतहका नेताहरुको संसद भवन बानेश्वरमा बसेको बैठक विश्व बैंकसँगको परामर्शमा संसद सञ्चालन गर्ने सहमतिको दस्तावेज तयार गर्ने निष्कर्षमा पुगेको हो ।

‘आन्तरिकरुपमा भएका समझदारीमा विश्व बैंकसँगको सहमति नलिइ प्रधानमन्त्रीले संसदमा बोल्न मिल्दैन भन्नेमा एउटा पक्ष छ भने सहमति भइसकेपछि संसदमा बोल्दा आपत्ति नुहने अडानमा अर्को पक्ष छ । यसैमा विवाद भइरहेको छ ।

यसमा प्रधानमन्त्रीसँग छलफल गरेर भोलि टुंग्याउने सहमति भयो । विगतको सरकारले विश्व बैंकसँग सहमति गरेको छ । त्यो सहमति अनुसार कार्यान्वयन भइरहेको छ । त्यो सहमति अरु कार्यान्वयन हुने क्रममा छ’ बैठकपछि राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने ‘दातृसंस्थासँग कुनै सरोकार नै नराखी हामीले निर्णय गर्यौँ भने उसले हाम्रो निर्णयसँग सहमति छैन भन्यो भने के गर्ने ? त्यो अवस्थामा भोलि मुलुकलाई पर्ने सम्भावित संकटको जिम्मेवारी कसले लिने ? यो प्रश्न पनि गहनरुपमा आयो ।

यो बिषयलाई प्रधानमन्त्रीले सदनमा भन्नुपर्छ भन्ने बिचार प्रतिपक्षबाट आयो । आन्तरिकरुपमा समझदारी बनाइ त्यसको आधारमा दातृसंस्थासँग सहमति गरौँ, अनि अगाडि बढौ भन्ने सत्ता पक्षबाट आयो ।’

एमाले नेताद्वय भीम रावल, सुवास नेम्वाङ र कांग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, चीनकाजी श्रेष्ठ र प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बिहान छलफल गरी प्रधानमन्त्रीले सदनमा गर्ने सम्बोधनको भाषा तयार गर्ने समझदारी भएको गिरीले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्