Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्ले बाध्य बनायो मन तोडन ?

jo

काठमाण्डौ । आखिर के भएछ गौतमलार्इ ? विदेश पुगेर साहित्यकार तथा गीतकार बनेका उदाहरण छन् छन् । यस्तै एक उदाहरण हुन् नारायण गौतम । गौतम केहि बर्ष यता रोजगारीको सीलसीलामा अमेरीकामा बस्दै आएका छन् ।

उनै नारायणले स्वदेश र आफन्तको सम्झना गर्दै पछिल्लो समय , तिम्रो नाम को सिंन्दूर लाउने धोको आज मरेको छ, बाध्यताले यो मन मुटु अन्त कतै सरको छ’ गीत रचना गरेका छन् । सानैदेखि कविता, गजल र साहित्यप्रति रुचि राख्दै आएका गौतमले तिम्रो नाम को सिंन्दूर लाउने धोको आज मरेको छ,  बोलको आफ्नो गीतिभावमा पनि त्यही विम्ब पोखेका छन् ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै सानैदेखिको रहर र रुचिलाई अंगिकार गर्दै गीतिकारितामा पाइला राखेका गौतम भन्छन्, ‘गीत, गजल र
कविता लेख्ने÷सुन्ने मेरो सानोदेखिको रुचि हो ।  अगाडी भन्छन ‘म सेन्टिमेन्टल गीत लेख्न बढी रुचाउँछु ।’ गीतकार नारायणको यस गीतलाई अहिलेका चर्चित संगीतकार राजसुक्र लिम्बुले संगीत गरेका हुन् । गीतको भावलाई जीवन्तता दिन संगीतकार लिम्बुले निकै मिहिनेत गरेका छन् ।

परिणामस्वरुप यो एउटा उत्कृष्ट गीत बनेको छ । यस गीतमा आवाज भने गायीका अन्जु पन्तको रहेको छ । त्यसो त गौतमले लेडिज भर्सनमा लेखेको  यो पहिलो गीत पनि हो । गीतकार गौतम, संगीतकार लिम्बु र गायीका पन्तको आवाजमा रहेको यस गीतको एरेन्ज भने बाबुल गीरीले गरेका छन् ।

यो गीतपनि गीतकार गौतमको श्रुतिमा एल्बम कै लागि नै रेकर्ड गरीएको हो । यस अगी मात्रै उनले दिपक लिम्बुको आवाजमा अझै पनि सम्जना छ त्यो कौशिको ऐना केश कोर्न बाहिरीइकि त्यो पल मैले बिर्सो छैन गीत रेकर्ड गराएका थिए । जुन गीतले निकै चर्चा कमाउन सफल भयो । त्यस्तै यसअगि  पनि उनको रचनाको गीत गायक हिमाल सागरले रेकर्ड गराएका थिए ।

जुन गीतको बोल रहरहरु थाति राखि भन्ने थियो भने यस गीतको म्यूजिक भिडियो केही महिना मात्रै बजारमा आएको थियो । यस्तै उनको दोस्रो गीत प्रमोद खरेलको आवाजमा मरे पछि तिमी सँग भन्ने हो बोलको गीत रेकर्ड भैसकेको छ । गौतमको रचनामा अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेका प्राय गीतहरु मन छुन सफल हुन्छन । मकवानपुरको हेटौडामा जन्मेर, हाल अमेरीकालार्इ कर्मथलो बनाएका गौतम घरको कान्छा छोरा हुन् ।

आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार गौतम भन्छन मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गरिरहने छु । हुनत गौतमले संख्यात्मक रुपमा धेरै गीत नलेखेता पनि गुणात्मक रुपमा भने उनको गीति लेखन निकै अब्बल छ ।सानै देखिबाट साहित्य रचनामा रुचि राख्ने गौतमले यो गीत बजारमा ल्याउने बताएका छन् ।

कि त रचना नै नगर्ने गरिसके पछि पहिलो दर्जाको रचना गर्ने उनको दाबी छ ।  बिदेशमा रहेर पनि नेपाली गीत सँगीतलाइ माया गर्नु र एल्बम निकाल्नु साच्चै सकारात्कम पक्ष हो । प्रेमिल भावले ओतपोत भएको यो गीत नेपालीहरुको मन मुटुुमा नबस्नेत कुरै भएन । अब उनले चाडै नै श्रुतिमा नामक सोलो एल्बम बजारमा ल्याउने तयारी गरेका छन् ।नारायणका पाइलाहरु यसैगरी अगाडि बढ्न उनलाइ शुभकामना  ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्