Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध बल्ल सुधार भो

oli-modi-handchek

काठमाडौं । संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ ।

महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो । लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो ।

ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमाडौंमा सकिएको छ । दुईपक्षीय अन्तरसरकारी समितिको बैठक पनि बस्दैछ । सन् १९५० लगायत दुईपक्षीय सन्धि सम्झौता पुनराबलोकन गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि सातापछि काठमाडौंमा हुँदैछ ।

ग्यासलगायत अत्यावश्यक बस्तुको आपूर्तिमा देखिएका समस्या समाधान गर्न दुवै देशका अधिकारी छलफलमै छन् ।

पूर्वपरराष्ट्रमन्त्री डा भेषवहादुर थापाले अहिले देखिएको बैठकको तयारी हेर्दा नेपाल–भारत सम्बन्ध ट्रयाकमा आउन लागेको अनुभूति भएको बताए ।

‘भित्री कुरा अझै स्पष्ट देखिएको छैन, सायद हाम्रो स्तरमा जानकारी नभएको होला तर सम्बन्ध सुधारोन्मुख छ’, उनले भने ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्