Logo
१३ बैशाख २०८१, बिहीबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाताले घोषणा गरेको रकम  सरकारले ल्याउन सकेन, प्रतिबद्धता ४ खर्ब, सम्झौता १ खर्ब ८४ अर्ब मात्रै

1-101काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायले घोषणा गरेकोमध्ये १ अर्ब ८० करोड अमेरिकी डलर मात्रै सम्झौता भएको छ ।

नेपालको पुनर्निर्माणका लागि गत वर्षको १० असारमा काठमाडौंमा भएका अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएनआर)मा दातृ निकायले ४ अर्ब १० करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

२४ दातृ निकाय तथा सरकारले सहयोगको घोषणा गरेका थिए । तीमध्ये नौ मुलुक र संस्थासँग मात्रै सहयोगको आंशिक रकमको सम्झौता भएको छ ।

दाता सम्मेलनमा सबैभन्दा धेरै १ अर्ब ४० करोड डलर सहयोग घोषणा गरेको भारतसँग २५ करोड डलरको मात्रै सम्झौता भएको छ । बाँकी रकमको ऋण सम्झौताको प्रक्रिया अघि बढिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

७६ करोड ६९ लाख डलर सहयोग घोषणा गरेको चीनसँग ४८ करोड ९६ लाख डलरको सम्झौता भएको छ । वैशाखसम्म ५ करोड डलर रकमको मात्रै सम्झौता भएकोमा त्यसयता ४२ करोड डलरभन्दा धेरै रकमको सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सहयोग प्रतिबद्धता गरेका १४ मुलुक तथा दातृ निकायसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन ।

साउदी फन्ड, नेदरल्यान्ड्स, स्विजरल्यान्ड, नर्बे, क्यानाडा, दक्षिण कोरिया, स्विडेन, अस्ट्रेलिया, श्रीलंका, फिनल्यान्ड, टर्की, अस्ट्रिया, पाकिस्तान र बंगलादेशसँग सरकारले अहिलेसम्म सम्झौता गर्न सकेको छैन । नेपाललाई सबैभन्दा धेरै भारतले १ अर्ब ४० करोड डलर र सबैभन्दा कम बंगलादेशले पाँच लाख दुई हजार डलर सहयोग घोषणा गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्