Logo
६ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हट नायीकाद्धय सपना,अशिष्माको साथमा अन्य कलाकार बिजयहिल कन्सर्टमा जाँदै

sapana

काठमाण्डौ । नेपालका हट कलाकारहरुको हट प्रस्तुती अब बिजयहिल कन्सर्टमा हेर्न पाईने भईएको छ । नायीकाद्धय अशिष्मा नकर्मी र सपना लामीछानेले मलेसियाका बिभिन्न शहरहरमा हट-हट प्रस्तुती दिन जाने भएकी छन् ।

साथै हट नायीकाहरुका साथमा हट एवं चकलेटी नायक प्रदिप खड्काले पनि मलेसियामा कार्यरत नेपालीहरुमा मनोरञ्न गराउने छन् ।

यी नायक नायीकाको हट प्रस्तुती सँँगै कार्यक्रमलाई अझ रोमाञ्चक बनाउन नेपालका चर्चीत गायक डम्वर नेपालीले स्टेज तताउने छन् भने लोक गायक मेकसम खातीले नेपालका लोक भाकाले उपस्थित दर्शकलाई मनोरञ्जन गराउने भएका छन् ।

यति मात्र हैन बिजयहिल कन्सर्टमै चर्चित लोक गायीकासँग जाननी तारमी मगर सँग प्रत्यक्ष दोहोरी गाउदै नाच्न समेत पाईने भइएको छ । गीत संगीतको भरपुर मनोरञ्न मात्र हैन यहि कन्सर्टमा हास्य कालाकारद्धय निरु खड्का र राजु मास्टरले पिट मिची मिची हसाउने छन् ।

मलेसियाको एक्सपोर्ट इनपोर्टमा चर्चित मानीएको बिजयहिल एक्सपोर्ट इनपोर्टको आयोजना रहेको बिजयहिल कन्सर्ट मलेसियाका बिभिन्न ५ मुख्य शहरमा देखाईदैछ ।

मुस्लिमहरुको महान पर्व रामादान (हारी राया) को अबसरमा कार्यक्रम हुन लागेको कार्यक्रमका संयोजक सुनिल चालिसेले जानकारी गराए। चालिसेले र पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको नायीका सपनाले न्यूज अभियान डट कमलाई बताईन् ।

कार्यक्रम जुलाई ६ तारिख जाहोरबारु, जुलाई ७ तारिख मुआर, जुलाई ८ तारिख सुंगाईबुलाई ९ तारिख क्वालालम्पुर, जुलाई १० तारिख पेनाङमा हुने भएको छ । कार्यक्रम हरेक स्थानमा मद्यान्न १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

Bijayahil-newsabhiyan

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्