Logo
१२ बैशाख २०८१, बुधबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्था डुबाउन खोजिएको भन्दै कर्मचारी आन्दोलित

sajha-prakashanकाठमाडौं । कर्मचारीको हित विपरितको गतिविधिमा सञ्चालक समिति लागिपरेको भन्दै साझ प्रकाशनका कर्मचारीहरुले विरोध गरेका छन् । कर्मचारीहरुले खराब नियत भएका सञ्चालक समितिका पदाधिकारीहरुको कारण साझा धरासायी भएको भएको भन्दै त्यसविरुद्व पुल्चोकस्थित कार्यालयमा सोमबार धर्ना समेत दिएका छन् ।

कर्मचारीहरुको तलब सुविधा समयमा दिइनुपर्ने, संस्था सञ्चालन पारदर्शी हुनुपर्ने, हालै ल्याइएको कर्मचारी विरोधी नियमावलीको खारेज गरिनुपर्ने लगायतका मागहरु आफूहरुको रहेको कर्मचारी होम भट्टराईले जानकारी दिए ।

उनले नयाँ ल्याइएको नियमावलीले कर्मचारीको हित प्रतिकूल रहेको भन्दै त्यसले गर्दा लामो समय काम गरेका कर्मचारीले पनि जुनसुकै बेला जागिरबाट हात धुनुपर्ने अवस्था निम्तिएको दाबी गरे ।

कर्मचारीहरुले साझालाई धरासायी बनाउन महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्मा नै लागिपरेको तथा सञ्चालक समितिका सदस्यहरु दिनानाथ शर्मा र हरिहर खनाल पनि डोलेन्द्रकै पक्षमा लागिपरेको आरोप लगाएका छन् ।

कर्मचारीहरुका अनुसार डोलेन्द्रको आफ्नै नीजि पब्लिकेशन रहेको छ जुन नियमविपरित रहेको उनीहरुको भनाई छ । साझाको पद धारण गरेका व्यक्तिले बाहिर नीजि पब्लिकेशन खोल्न नपाउने भएपनि उनले श्रीमतिको नाममा दर्ता गरेर सञ्चालन गरेको कर्मचारी भट्टराईले बताए ।

कर्मचारीहरुले आफूहरुले पहिलो चरणमा सामान्य खबरदारी मात्रै गरेको तर माग पूरा नगरिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्