Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिभिल मिडिया

सिभिल मिडिया एण्ड रिसर्च सेण्टर :
यो एउटा मिडिया संथान /एजेन्सी हो, यसले मिडिया क्षेत्रका बिविध कार्यहरु गर्छ ।

साभेदारी कार्यक्रम :
सिभिल मिडिया एण्ड रिसर्च सेण्टर संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार समेत बिभिन्न आयोग तथा कुटनैतिक नियोगहरुसँग साझेदारी गर्दे मिडिया पार्टनर अर्थात साझेदारी संस्थाको रुपमा समेत कृयाशिल रहेको छ । बिभिन्न इभेण्टमेनेजमेन्ट समेत अन्तरकृया, तालिम गोष्ठी, सभासम्मेलनमा साझेदारी गर्दे आएको छ ।

नागरिक टाइम्स :
‘सामाजिक उत्तरदायीका लागि पत्रकारिता’’ भन्ने मूल मर्म सहित स्वक्ष सूचना–समाचार तथा विश्लेषणकालागि स्थापित यो ‘नागरिक टाइम्स’ न्यूज पोर्टल हो । यसमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका विषयवस्तुहरु उठाउने जमर्को हुनेछ । ‘नागरिक टाइम्स’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ ।

नागरिक टाइम्स वेब च्यानल :
फेसबुक ,यूटयुव तथा हाम्रो वेबसाइट मार्फत हामि भिडियो प्रशारणमा रहेका छौं । योसंगै नागरिक टाइम्स वेब च्यानल अत्याधुनिक प्रविधिसहित निकट भविष्यमा नै दर्शकमाझ आउनेछ ।

सिभिल मिडिया प्रोड्क्सन :
बिभिन्न विषयबस्तुमा आधारित डकुमेन्ट्री, बृतचित्र, सहित टेलिभिजन कार्यक्रमहरुको उत्पादन सहित बिक्रि बितरण लगायतका कार्यमा समेत हामि सक्रिय रहेका छौं ।

न्युज अप्रेशन :
काठमाण्डौ जिल्ला प्रशासन अन्तरगत २०६५ सालमा दर्ता भई सप्ताहिक समाचारपत्रको रुपमा स्थापित ‘न्यूज अप्रेशन’ प्रेस काउन्सिलको वर्गिकरण सुचिमा ‘क’ श्रेणीमा पर्न सफल साप्ताहिक अखवार हो तर बजारको अस्वस्थ्य प्रतिस्पर्धाबीच आर्थिक समस्याका कारण ‘न्यूज अप्रेशन’को प्रकाशन ५ वर्षपछि बन्द भयो र अहिलेपनि बन्द रहेको छ । तर हामि फेरी यसको प्रकाशन प्रारम्भ गर्ने प्रयासरत छौं ।

प्रतिक्रिया दिनुहोस्